सशस्त्रको एआईजीमा पोखरेल बढुवामा सिफारिस

सहयात्रा टिभी

काठमाडौँ । जेठ ६, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ । त्यसका लागि सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी-निवेदन दर्ता गरिसक्नुपर्ने छ ।

 

 

प्रकाशित : 20 May, 2026

प्रतिक्रिया दिनुहोस्