सर्वोच्चले दुर्गा प्रसाईँ पक्राउ गर्नुको लिखित कारण माग्यो

सहयात्रा टिभी

काठमाडौँ । जेठ ६, सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ ।

प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो ।

इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईँमाथिको अनुसन्धानको फायल पेस गर्न पनि आदेश दिएको छ ।

प्रसाईँलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो । उनी त्यहाँ एक कार्यक्रममा सहभागी हुन भनेर पुगेका थिए ।

 

 

प्रकाशित : 20 May, 2026

प्रतिक्रिया दिनुहोस्