गुण्डुमा नेकपा एमालेको सचिवालय बैठक सुरु

सहयात्रा टिभी

काठमाडौँ । जेठ ८,नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

 

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताएका छन् ।

गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गरेको कार्यविभाजन सम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ ।

बैठकले पारित गरेको कार्यविभाजनलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई पठाइने एमालेले जनाएको छ । ११ औँ महाधिवेशनपश्चात यसअघि नेताहरूको अस्थायी कार्यविभाजन मात्र गरिएको थियो ।

आगामी स्थानीय तहको निर्वाचनलाई मुख्य लक्ष्य बनाएर एमालेले यसपटक नेताहरूलाई नयाँ ढङ्गले जिम्मेवारी सुम्पिन लागेको हो ।

 

 

 

 

 

 

 

 

प्रकाशित : 22 May, 2026

प्रतिक्रिया दिनुहोस्