समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री मल्होत्रा ​​काठमाडौंमा

सहयात्रा टिभी

काठमाडौँ । जेठ ८, समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री सीमा मल्होत्रा ​​नेपाल पुगेकी छन् ।

तीन दिने भ्रमणका लागि उनी शुक्रबार नेपाल पुगेकी हुन् । नयाँ सरकार गठन भएपछि बेलायती मन्त्रीको यो पहिलो भ्रमण हो । नेपालका लागि बेलायती राजदूत रब फेनले मल्होत्रालाई काठमाडौंमा स्वागत गर्दै भनेका छन्, ‘बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हो ।

यो दुई देशबीच मित्रताको सम्बन्ध र हाम्रो आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने मौका पनि हो ।’ भ्रमणका अवसरमा मन्त्री मल्होत्राले नेपाल सरकारका अधिकारीहरू र गोर्खा प्रतिनिधिसँग भेट गर्ने बताइएको छ ।

 

प्रकाशित : 22 May, 2026

प्रतिक्रिया दिनुहोस्