प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ : प्रथम राष्ट्रपति यादव

सहयात्रा टिभी

काठमाडौं । जेठ १३ , प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

 

नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

प्रथम राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले सुन्न चाहेको आशय पनि व्यक्ति गरे ।

प्रथम राष्ट्रपति यादवले पत्र–पत्रिकामा आफूले गणतन्त्र दिवसको अवसरमा आयोजना हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्षता गर्ने समाचार पढेको प्रसङ्ग पनि सुनाए ।

 

 

प्रकाशित : 27 May, 2026

प्रतिक्रिया दिनुहोस्