आयातित सवारीमा २० प्रतिशतसम्म राजश्व हिनामिना भएको राप्रपा खुस्बुको जिकिर

सहयात्रा टिभी

काठमाडौँ । जेठ२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीहरूमा २० प्रतिशत राजश्व हिनामिना भएको जिकिर गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छन् । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, सचिव घनश्याम उपाध्यायसहित मन्त्रालय र भन्सार विभागका कर्मचारीहरू समेत छन् ।

आर्थिक विधेयकमा करको दर हेरफेर भएको र करका देर हेरफेरको सूचना चुहावट गरेको विषयमा जवाफ माग गर्दै ओलीले आयातित सवारीहरूमा २० प्रतिशतको राजश्व हिनामिना भएको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘७र८ सिटको गाडीलाई ११ सिटको कायम गरी त्यसमा फोल्डिङको अमान्य सिटहरूलाई पनि मान्य गरी ७र८ सिटको लागि लाग्ने ३० प्रतिशतको भन्सारको सट्टा ११ सिटका लागि लाग्ने १० प्रतिशत भन्सार कायम गरी २० प्रतिशत भन्सार हिनामिना गरेको पाइएको छ ।’

यस्तै ११ देखि १४ सिटको लागि १० प्रतिशत भन्सार रहेकोमा यस्ता सवारीमा पनि अमान्य सिटहरूलाई मान्य गरी १५ देखि देखि १८ सिट कायम गरी १ प्रतिशत भन्सार लिएर ९ प्रतिशतको राजश्व हिनामिना भएको उनले बताइन् । ‘यस्ता करिब ५ हजार भन्दा बढी गाडी आयात भइ दर्ता भइसकेको र अन्य आयात भइ दर्ता हुने क्रम जारी नै छ,’ उनले भनिन् ।

यातायात व्यवसायी एनले सवारीको स्तर र त्यसको मापदण्ड विपरीत बढी सिट राख्ने र राजश्व छुट दिने कार्य भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने उनको आग्रह छ । हिनामिना भएको राज्श्वको विषयमा सम्बन्धित निकाय मौन रहेको र मन्त्री र सचिवलाई यसबारे सोध्दा जानकारी प्राप्त गर्न नसकिएको पनि उनले बताइन् ।

२०८० साल यता यस्तो कार्यबाट ५ अर्ब भन्दा बढी राजश्व हिनामिना भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रकाशित : 11 June, 2026

प्रतिक्रिया दिनुहोस्