सरकारी समपत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने : प्रधानमन्त्री बालेन
सहयात्रा टिभी
काठमाडौँ । असार ७, प्रधानमन्त्री बालेन शाहले सरकारी समपत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने बताएका छन् ।

आइतबार रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए ।
‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’ प्रधानमन्त्री बालेनले भने ।
उनले आफ्नो पार्टी विकासवादी पार्टी भएको जिकिर गरे ।
‘हाम्रो पार्टी विकासवादी पार्टी हो । काम गर्ने पार्टी हो । अगाडी बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्ने पुराना पुराना कुरा लिएर निउँ खोज्दै बस्ने होइन,’ उनले भने, ‘निउँ खोज्नै पर्ने अगाडि बढ्दैगर्दा खोजिन्छ, विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने निउँ खोज्न जरुरी छ ।’
