गृहमन्त्रीको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असार ९, गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे ।

प्रहरीका अनुसार गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए । अम्लेटमा माछाको काँडा भेटिएपछि कसरी यस्तो भयो भनेर प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ ।

गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनका लागि चितवनमा छन् । उनले एअरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएको बताइएको छ ।

 

प्रकाशित : 23 June, 2026

प्रतिक्रिया दिनुहोस्