रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न

सहयात्रा टिभी

काठमाडौँ । असार ११, रास्वपा केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ । आज बिहानबाट भएको मतदान केहीबेरअघि सम्पन्न भएको हो ।

रास्वपाले पहिलो चरणमा केन्द्रीय सदस्यहरूको मतदान गरेको थियो । नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ ।

गत ७ असारदेखि रास्वपाको महाधिवेशन जारी छ । चितवनको भरतपुरमा भएको महाधिवेशन अन्तर्गत सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

विधान अनुसार, रास्वपामा १५८ जना केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जनालाई सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् ।

त्यस्तै, ७ प्रदेशका सभापतिहरू स्वतस् केन्द्रीय सदस्य हुनेछन् । केहीबेरपछि पदाधिकारीको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । मतदान सकिएको करिब २ घण्टामा नतिजा आइसक्ने बताइएको छ ।

प्रकाशित : 25 June, 2026

प्रतिक्रिया दिनुहोस्