रास्वपाको ६ पदाधिकारीका लागि निर्वाचन ४ बजेसम्ममा हुने

सहयात्रा टिभी

काठमाडौँ । असार ११, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चरणको मतदान सकाएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशन अन्तर्गत निर्धारित समयभन्दा ढिलो गरी मतदान भएको थियो ।

आज बिहानबाट भएको मतदान केहीबेरअघि सकिएको हो । पहिलो चरणमा केन्द्रीय सदस्यको मतदान भएको हो । केन्द्रीय निर्वाचन आयोगका अनुसार, २९५९ जनाले पहिलो चरणको मतदानमा सहभागीता जनाएका छन् ।

आजै दोस्रो चरण अर्थात् पदाधिकारीका लागि पनि मतदान हुनेछ । नेता मनिष झाले बताए अनुसार, दिउँसो ४ बजेसम्ममा दोस्रो चरणको मतदान सुरु हुनेछ ।

एक जना प्रतिनिधिले पदाधिकारीका लागि करिब ४ देखि ५ मिनेट मतदानका लागि लगाउने उनले बताए । रास्वपाका अर्का नेता विपिन आचार्यका अनुसार, ६ पदाधिकारीका लागि निर्वाचन हुनेछ ।

खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित : 25 June, 2026

प्रतिक्रिया दिनुहोस्