आइतबार नेपालका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने
सहयात्रा टिभी
काठमाडौँ । असार १२, पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका छन्।

मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालकाअध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
समारोहमा हुने राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम रहेको छ।
