सुस्ता बचाउ अभियानले माइतीघर मण्डलामा धर्ना

सहयात्रा टिभी

काठमाडौँ । असार १६, सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ ।

भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने तीन सूत्रीय माग राखेर अभियानले धर्ना दिएको हो ।

‘सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ’, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’, ‘अतिक्रम होइन, सार्वभौम सम्मान दे’ लगायतका प्लेकार्डका साथै हातमा नेपाली झण्डा बोकेर उनीहरू धर्नामा बसेका छन् ।

 

 

 

 

प्रकाशित : 30 June, 2026

प्रतिक्रिया दिनुहोस्