विदेशी सहयोग लिन पाउनुपर्ने मानव अधिकार आयोगको माग

सहयात्रा टिभी

काठमाडौँ । असार २४, राष्ट्रिय मानव अधिकार आयोगले अर्थ मन्त्रालयको पूर्वस्वीकृतीबिनै विदेशी सहयोग लिन पाउनुपर्ने माग राखेको छ ।

अर्थको पुर्व स्वीकृति लिनुपर्ने प्रावधान हटाएर आयोगले लिएको विदेशी सहयोगबारे अर्थ मन्त्रालयलाई जानकारी दिए पुग्ने प्रावधान राख्नुपर्ने उसको प्रस्ताव छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे छलफल छ भएको छ।

सोही छलफलका क्रममा आयोग सदस्य मनोज दुवाडीले संविधानत मानव अधिकार आयोग स्वायत्त रहेको बताए । तर, व्यवहारमा आयोग आर्थिक रुपम स्वायत्त नरहेको बताए ।

 

 

प्रकाशित : 8 July, 2026

प्रतिक्रिया दिनुहोस्