श्रममन्त्री यादव र इजरायली राजदूत एरी बासबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । असार २४, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।

 

बुधबार मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो । छलफलमा दुवै जनाले द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रकाशित : 8 July, 2026

प्रतिक्रिया दिनुहोस्