बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

सहयात्रा टिभी

काठमाडौँ । असार २८, इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको छ । रोमान्चक क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई २–१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

मियामी स्टेडियममा भएको खेलको अतिरिक्त समयमा इङ्गल्यान्डले २–१ को सनसनीपूर्ण जित निकालेको हो । खेलको ३६ औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा एन्ड्रियास सेल्डरअपले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समय (४५+२ औँ मिनेट) मा एन्थोनी गोर्डनको पासमा जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्यान्डलाई १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय सुरु हुनासाथ ९३ औँ मिनेटमा जुड बेलिङ्घमले ब्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्यान्डलाई २–१ को जित दिलाएका हुन् । यो हारसँगै नर्वे विश्वकपबाट बाहिरिएको छ ।

 

 

प्रकाशित : 12 July, 2026

प्रतिक्रिया दिनुहोस्