अर्जेन्टिनाले लियो अग्रता
सहयात्रा टिभी
काठमाडौँ । असार २८, फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।
