गणेश आत्मदाह घटनामा सोधपुछका लागि बोलाइएका सबै छुटे

सहयात्रा टिभी

काठमाडौँ । असार २८, गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईलाई सबै जनालाई शुक्रबारै छाडिएको बताए । ‘हामीले कसैलाई पक्राउ गरेका थिएनौं । सोधपुछका लागि बोलाएका थियौं । काम सकिएपछि सोही दिन छाडिएको हो,’ उनले भने ।

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरूलाई छाडेको हो ।

यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।

प्रकाशित : 12 July, 2026

प्रतिक्रिया दिनुहोस्