चितवन राष्ट्रिय निकुञ्ज घुम्नेपर्यटकको संख्या बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या गत आर्थिक वर्षको तुलनामा ४१ हजार ५९४ ले बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा २ लाख ७२ हजार ९२३ पर्यटक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा यो संख्या २ लाख ३१ हजार ३२९ थियो ।

निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष निकुञ्ज घुम्नेमा १ लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ तेस्रो मुलुकका पर्यटक रहेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा १ लाख १७ हजार २०६ नेपाली पर्यटक निकुञ्ज पुगेका थिए । त्यस अवधिमा सार्क मुलुकबाट २४ हजार ८०० र तेस्रो मुलुकबाट ८९ हजार ३२३ पर्यटक आएका थिए ।

गत वर्ष नेपाली पर्यटकको संख्या ४४ हजार १६९ ले बढ्दा सार्क र तेस्रो मुलुकका पर्यटक भने केही घटेका छन् ।

निकुञ्जका अनुसार सबैभन्दा धेरै पर्यटक कार्तिक महिनामा ३२ हजार २५२ जना पुगेका थिए भने सबैभन्दा कम साउनमा ७ हजार ७३ जना पुगे । असोजदेखि जेठसम्म पर्यटकको चाप उच्च रहने गरेको छ । विगतमा चैतपछि पर्यटक संख्या घट्ने प्रवृत्ति रहे पनि गत वर्ष भने जेठसम्म वृद्धि कायम रहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा धेरै नेपाली पर्यटक कार्तिक ९१९ हजार १०९० र वैशाख ९१८ हजार ४६० मा पुगे । सार्क मुलुकका पर्यटक सबैभन्दा बढी जेठमा ९५ हजार ८६३० आएका थिए भने तेस्रो मुलुकका पर्यटक कार्तिक ९१० हजार ३२६० र फागुन ९११ हजार ८०९० मा सबैभन्दा बढी निकुञ्ज पुगे ।

निकुञ्जको इतिहासमा सबैभन्दा धेरै पर्यटक आर्थिक वर्ष २०८०/८१ मा आएका थिए । त्यस वर्ष ३ लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । सोही वर्ष निकुञ्जले ३६ करोड ७२ लाख ९२ हजार ८०७ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा निकुञ्जमा २ लाख ९९ हजार ४१२ पर्यटक पुगेका थिए ।

पछिल्लो १० वर्षको तथ्यांकअनुसार सबैभन्दा कम पर्यटक आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ जना आएका थिए । कोरोना महामारीको प्रभाव परेको आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २२८ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

 

प्रकाशित : 19 July, 2026

प्रतिक्रिया दिनुहोस्