बजार परिसूचक नेप्से बढ्यो
सहयात्रा टिभी
काठमाडौँ । साउन ५, लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार बजार परिसूचक नेप्से ७.२५ अंक बढेको छ ।
यो वृद्धिपछि नेप्से २७२६ अंकमा कायम भएको छ । यो अंक जेठ २८ यताकै उच्च हो । गत साताको मंगलबार, बुधबार, बिहीबार, शुक्रबार पनि बजार बढेको थियो । हिजो सोमबार ४१.७० अंक बढेको थियो ।
आज १०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो । बजार केही उतारचढावमा रह्यो । दिउँसो १२ : ४९ बजे नेप्से २७५३ अंकसम्म पुगेको थियो ।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । कालंगा हाइड्रोपावरको ७.५०, बोटलर्स नेपाल बालाजुको ७.४२, सानीगढ हाइड्रोपावरको ६.५६, स्नो रिभर्सको ६.०२, रिडी पावरको ५.३४ प्रतिशत मूल्य बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.५४, भुजुङ हाइड्रोपावरको ४.५८, चिरख्वा हाइड्रोपावरको ४.४४ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

