दाङमा बन्दै गरेको ट्यांकीमा दुई जनाको शव फेला
सहयात्रा टिभी
काठमाडौँ । साउन ६, दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो । मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

