कोलकाताबाट पहिलो पटक व्यावसायिक कार्गो रेल विराटनगरमा

सहयात्रा टिभी

काठमाडौँ । साउन ६, भारत कोलकाताबाट पहिलो पटक व्यावसायिक कार्गो रेल विराटनगर आइपुगेपछि निजी क्षेत्र हर्षित भएको छ ।

शुक्रबार कोलकाताबाट छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर आइपुगेको हो । नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयातित कच्चापदार्थ बोकेको कार्गो रेल पहिलो पटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुग्दा निजी क्षेत्र उत्साहित भएको हो ।

पहिलो पटक नियमित सेवाका रूपमा आएको यो कार्गो रेलमा मोरङ सुनसरी औद्योगिक करिडोरको ‘स्वस्तिक आयल इन्डस्ट्रिज’ का लागि कच्चापदार्थ ल्याइएको छ ।

सडकबाट ल्याउँदा लागत महँगो तिर्दै आएका व्यावसायी कार्गोमा ४० प्रतिशतसम्म ढुवानी खर्च घट्ने र जोखिम पनि कम हुने बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत कार्गो रेल विराटनगरसम्म आउनु निजी क्षेत्रको ठूलो सफलता भएको बताउँछन् । कार्गो रेलले निजी क्षेत्रलाई उत्साहित बनाएको उनले बताए ।

 

प्रकाशित : 22 July, 2026

प्रतिक्रिया दिनुहोस्