अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

सहयात्रा टिभी

काठमाडौँ । साउन १२, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयका बैठक दिउँसो ३ बजे मन्त्रालयमा बस्नेछ । बैठकमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झण्डै तीन दर्जन उद्योगपतिहरुसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल हुनेछ ।

छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू सहभागी हुनेछन् ।

प्रकाशित : 28 July, 2026

प्रतिक्रिया दिनुहोस्