सीआईबीले उपेन्द्र महतोमाथि गर्यो सोधपुछ
सहयात्रा टिभी
काठमाडौँ । साउन १४, व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ ।
सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही विषय बुझ्नु पर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गरे ।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

