२०८३ साल साउन १६ गते शनिबारको राशिफल

सहयात्रा टिभी

काठमाडौँ । साउन १६, २०८३ साल साउन १६ गते शनिबार सन् २०२६ अगष्ट १ तारिख। साउन कृष्ण पक्षको तृतिया तिथि । विश्व स्तनपान सप्ताह प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

वृष : राजनीतिमा धोका हुने योग छ । लगानी डुब्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। ठुला व्यक्तिसँगको सहकार्यले नयाँ योजना बन्नेछन्। दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। जग्गाको कारोबारमा घाटा हुनेछ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति भए पनि राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : मन शान्त बन्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

कन्या : दिन राम्रो छ। विपक्षीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। परिवारको साथमा लिएको निर्णय सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुने दिन छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। जागिरमा पदोन्नती हुनेछ। परिवारभित्र गोपनीयता भंग नगर्नु उचित हुन्छ।

वृश्चिक : व्यापारमा घाटा हुनेछ। परिवारको साथ र सहयोगले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

धनु : दिन राम्रो छ। आम्दानीका स्रोत सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक हुन्छ। परिवारभित्र नै विरोधी सक्रिय भएकाले मन अशान्त हुनसक्छ।

मकर : धनलक्ष्मी योग परेको छ । अग्रजको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक विपक्षी भएकाले शान्त बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज धनलाभ हुनेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन सामान्य राम्रो छ। बौद्धिक क्षेत्रको संघर्षबाट लाभ प्राप्त हुनेछ। सहकर्मीसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। भीडमा सचेत हुनुपर्ने देखिन्छ।

प्रकाशित : 1 August, 2026

प्रतिक्रिया दिनुहोस्