काठमाडौँको गोठाटारमा आगलागी, फर्निचर पसलसहित व्यापारिक टहरा जले

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, काठमाडौँको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति आगलागी भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार राति करिब ९:१५ बजे ट्रान्सफर्मरबाट आगलागी सुरु भएको हो ।

प्रहरीका अनुसार आगो फैलिँदै फर्निचर पसलसहित आसपासका व्यापारिक टहरामा पुगेपछि क्षति भएको छ । आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ । दमकल राति करिब ९:३५ बजे घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास थालेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : 2 August, 2026

प्रतिक्रिया दिनुहोस्