जय नेपाल पार्टीको चुनाव चिह्नका लागि तीनवटा विकल्पमा छलफल

सहयात्रा टिभी

काठमाडौँ । साउन २१, डा. धवलशमशेर राणा र दुर्गा प्रसाईंको नेतृत्वमा खुल्न लागेको जय नेपाल पार्टीको चुनाव चिन्हका लागि तीनवटा विकल्पमा छलफल भएको छ ।

२८ साउनमा निर्वाचन आयोगमा दर्ता गर्न लागिको नवगठित दलको चुनाव चिह्नका लागि त्रिभुज, घर र नमस्कार मध्ये एक राख्ने गरी छलफल भएको छ ।

गीता राणाको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक पार्टीसँग एकता गरेर उक्त दलको चुनाव चिन्ह ‘नमस्कार’ लाई नै जय नेपाल पार्टीको चुनाव चिन्ह बनाउने गरी संवादहरु भएको जानकारी गराइएको छ ।

दुई दलको एकता गर्दा नेपाल लोकतान्त्रिक दलबाट केन्द्रीय सदस्यमा धेरै जना समेट्नु परेको हुँदा एकताले मूर्त रुपमा पाउन नसकिरहेको जानकारी गराइएको छ ।

नवगठित दल जय नेपाल पार्टीको हाल कार्यालय प्रमुखको भूमिका निर्वाह गरेका सगुन लावतीले नेपाल लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘नमस्कार’लाई चुनाव चिन्ह बनाउने सम्भवना पूर्ण रुपमा अन्त्य नभइसकेको बताए ।

लावतीले अनलाइनखबरसँग भने,‘२८ गते दल दर्ता गर्ने हो । २७ गतेसम्म छलफल हुन्छ । सम्भावना पुरै सकिएको भनि हाल्न त मिलेन नि ।’ जय नेपाल पार्टीका नेताहरुका अनुसार चुनाव चिन्हमा सबैभन्दा बढी सम्भावना त्रिभुजमा रहेको छ ।

पार्टीको विधान लेख्नका लागि माधव कल्पितको नेतृत्वमा कार्यदल बनाइएको छ । पार्टी दर्ताको क्रममा अन्य विषय मिलाउनका लागि मुकुन्दश्याम गिरीको नेतृत्वमा कार्यदल बनाइएको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा हाल केन्द्रीय सदस्य र कार्यसम्पादन समिति सहितको नामावली पेश गर्ने तयारी गरिएको छ । लावतीका अनुसार सय बढी केन्द्रीय सदस्य राखेर पार्टी दर्ता हुनेछ । नयाँ दलको कार्यालय चाबहिलमा सुरु गरिएको छ ।

नयाँ दलमा जोड्नका लागि नेपाल लोकतान्त्रिक पार्टी सहित विभिन्न पक्षसँग छलफल गरिएको नेताहरुले जानकारी गराएका छन् । नयाँ दल गठनका लागि सक्रिय एक नेताले कानुनका प्राध्यापक युवराज संग्रौलालाई यो दलमा जोडिन आग्रह गरिएको छ ।

नयाँ दल गठन गर्ने क्रममा युवा र महिलालाई समेटिने विषयलाई लिएर चासो व्यक्त गरिएको छ । नयाँ दल गठनप्रति सकरात्मक तर युवा र महिलाको प्रतिनिधित्वप्रति शशंकित रञ्जन कार्की निर्माण गरिने पार्टी यो देशको प्रमुख पार्टी रास्वपालाई चुनौती दिने किसिमको हुनुपर्ने बताउँछन् ।

 

प्रकाशित : 6 August, 2026

प्रतिक्रिया दिनुहोस्