डीडीसीको बक्यौता घटेको गगन थापाको दाबीमा रास्वपा सांसदले खोजे तथ्य
सहयात्रा टिभी
काठमाडौँ । साउन २५, नेपाली कांग्रेसका सभापति गगन थापाले अर्थ मन्त्रालयले पैसा दिएपछि दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता घटेको दाबी गरेका छन् ।
आइतबार उनले सार्वजनिक रूपमा गरेको यस्तो दाबी उपर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले तथ्य खोजेका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग समेत राखेका छन् ।
‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भन्नुभएको रहेछ– डीडीसीको ७२ करोडको बक्यौता ३५ करोडमा झर्यो भनेको कमाएर होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको हो’ यो कुरामा के कति सत्यता छ । नेपाल सरकारलाई प्रष्ट पारिदिन आग्रह गर्दछु ।’
गत शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधनमन्त्री बालेन शाहले सरकारी उद्योगहरूमा सुधार आउँदै गरेको बताएका थिए ।

