आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१, पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ सडक खण्ड दुईतर्फी नै सुचारु भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति १०:२५ बजे सडक माथिबाट रुखसहित खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। रातभर उपकरणको प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सवारी साधनको आवागमन सहज पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक खुलेसँगै रातभर बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

 

प्रकाशित : 16 August, 2026

प्रतिक्रिया दिनुहोस्