सुनसरी-सिरहा छानबिन समितिले गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन
सहयात्रा टिभी
काठमाडौँ । भदौ २, सुनसरी र सिरहामा भएका घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनको राति हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो । त्यसपछि भएको झडप तथा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु समेत भएको थियो ।
यो विवाद सिरहासम्म पुगेको थियो । सिरहामा पनि गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । यी दुवै घटनाको छानबिन गर्न गृहमन्त्रालयले छुट्टा छुट्टै समिति बनाएको थियो ।
कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सह–सचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन बनेको थियो । सिरहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गठन गरिएको थियो ।
यी दुवै समितिले आजै प्रतिवेदन बुझाएका हुन् ।

