२०८३ साल भदौ ७ गते आइतबारको राशिफल

सहयात्रा टिभी

काठमाडौँ । भदौ ७, २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६ अगष्ट २३ तारिख। साउन शुक्ल पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : आज गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। छोटो दुरीको यात्रा हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुने योग छ। हरेक काममा सकारात्मक सन्देश सुन्ने अवसर मिल्नेछ।

वृष : आज तपाईंको दिन राम्रो छैन। साना कुराले मन अशान्त बन्नेछ। सोचेको काम नबन्दा निरासा बढ्ने जोखिम छ। परिवारमा चिन्ता र असन्तुष्टि बढ्नेछ।

मिथुन : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। मिष्ठान्न भोजनको योग रहेको छ। राजनीतिमा फाइदा हुनेछ। मिहिनेत गरेको फल मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

कर्कट : शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा तपाईंको भाग्य उदय हुने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा हात नहालेको राम्रो हुनेछ। पारिवारिक मेलमिलाप हुनेछ ।

सिंह :अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने दिन रहेको छ। तपाईंका विरोधी बढ्नेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : गुम्न लागेको धन प्राप्त हुनेछ। नयाँ वस्त्र धारण गर्ने दिन छ। शिक्षामा मन जानेछ, लगानी भए फाइदा हुनेछ। आज साथीसँग बसेर रमाइलो गर्ने दिन छ।

तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्मा सुधारका संकेत देखिनेछन्। तपाईंको कामको प्रशंसा हुनेछ। मिहिनेत गरेको ठाउँबाट इमान प्राप्त हुनेछ।

वृश्चिक : आज सोचेको कुरा बन्नेछ । शुभ खबर सुन्नाले मन प्रशन्न हुनेछ । राज्यबाट सहयोग हुनेछ । धार्मिक काममा रुची बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा आजको गरेको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिमा मन जानेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मकर : दिन सामान्य छ। अपमान भोग्नुपर्ने हुनसक्छ। पूर्वको एकल यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थमा भने सुधारका संकेत देखिनेछन्। परिवार र साथीसँग गोपनीयता कायम गर्नुपर्नेछ।

कुम्भ : विवाद बढ्नेछ। चिन्ता थपिनेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछ। अरुको साथमा लगानी गरेको राम्रो हुनेछ। अध्ययनमा सानासाना समस्याले अवरोध सिर्जना हुनेछन्।

मीन :तपाईले सोचेका कामहरु बन्दै जानेछन् । आम्दानीका स्रोतहरु खुल्नेछन् । उत्तरको यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जानेछ । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ ।

प्रकाशित : 23 August, 2026

प्रतिक्रिया दिनुहोस्