बाढी प्रभावित क्षेत्रमा कोशी सरकारले ३ करोड सहयोग गर्ने निर्णय
सहयात्रा टिभी
काठमाडौँ । भदौ ११ , कोशी प्रदेश सरकारको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारको तर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपद्को घडीमा कोशी प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको बताए ।

