बाढीपीडितका लागि राहत सामग्री लिएर आइपुगे २ चिनियाँ सैन्य विमान
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ ,भोटेकोसी बाढीपीडितका लागि राहत सामग्री लिएर आइतबार बिहान चीनबाट दुईवटा सैन्य कार्गो विमान काठमाडौँ अवतरण गरेका छन्।
चीनबाट आएको सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङको हातबाट नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्।
चीनले बाढीपीडितका लागि त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत १३ हजार २ सय थान राहत सामग्री छन्। तौल ५० टनजति रहेको बताइएको छ।
चीनको छङ्तुस्थित सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट ती सामान लिएर चिनियाँ वायुसेनाका दुईवटा वाई(२० ठुला सैन्य विमान झन्डै ३ घण्टाको उडानपछि आज बिहान सवा ७ बजे काठमाडौँ आइपुगेका हुन्।
उद्धारका लागि भने शनिबारै चिनियाँ विज्ञ टोली नुवाकोट क्षेत्रमा खटिसकेको छ।

