त्रिशुली थ्री(‘ए’ को सुरुङमा फसेकाहरूको उद्धारमा विज्ञ पठाइँदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४ , नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ ।

नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको उनले जानकारी दिए ।

यो सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भएको उनले बताए ।

‘यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ र भित्र फसेकाहरूको उद्धार गर्न पनि मिल्छ,’ उनले भने, ‘अक्सिजन छिराउने प्वाल हिजै पारेकाले फसेकाहरू सकुशल हुने आशा छ । चाँडै उद्धारको प्रयास भइरहेको छ ।’

यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो ।

हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको सांसद् तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले बताए । उनले उद्धार क्षेत्रमै बसेर यो प्रक्रियाको नेतृत्व गरिरहेका छन् । न्यौपानेले पनि टनेल भटिएको खबर दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारको काम बाढी गएको दुई दिनपछि शुक्रबारमात्रै थालिएको थियो ।

पाँच दिनसम्म पनि सुरुङ छिचोल्न नसकिएकाले भित्र फसेका जीवनको बारेमा चिन्ता थपिँदै गएको अधिकारीहरू बताउँछन् ।आयोजनाको जमिनमुनि रहेको विद्युत् गृहको ओभरहलिङमा त्यहाँ करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान विद्युत् प्राधिकरणको छ ।

 

प्रकाशित : 30 August, 2026

प्रतिक्रिया दिनुहोस्