दूरसञ्चार प्राधिकरणले सञ्जालमा विभत्स प्रकृतिका फोटो नराख्न अनुरोध
सहयात्रा टिभी
काठमाडौँ । भदौ १४ , नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ ।
प्राधिकरणले मोइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ । सन्देहमा भनिएको छ, ‘विनाशकारी बाढी पहिरोले ठुलो जनधनको क्षति भएको यस्तो विपतको घडीमा सामाजिक संजाल तथा अनलाइन प्लेटफर्महरुमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो, भिडियो लगायतका सामग्रीहरु नराखिदिनुहुन र राखेको भएपनि तुरुन्त हटाईदिनुहुन सबैमा अनुरोध गर्दछौं ।’
रसुवा बाढीपछिको अवस्थाको सन्दर्भमा प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

