श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक धरानमा सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ १६, सुदन किराँती समूहसँग पार्टी एकता भएको चार महिनापछि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आज धरानमा सुरु हुँदै छ।

धरानको होटल गोर्खामा बस्ने बैठकमा सुदन किराँती समूहलाई भने बोलाइएको छैन।

सुनदलाई वरिष्ठ नेता बनाउँदै उनको समूहबाट एक उपाध्यक्ष र एक सचिवसहित पन्ध्र जना केन्द्रीय सदस्य बनेका छन्।

एकताको समयमा श्रम संस्कृति पार्टीमा २३ सदस्य मात्र केन्द्रीय सदस्य थिए।

दुवै पक्षका गरी श्रम संस्कृति पार्टीमा ४१ केन्द्रीय सदस्य छन्।  पूर्वी नेपालमा हातेमालो कार्यक्रम लिएर किराँती पनि सुरुबाटै कम्मर कसेर लागेपछि धेरै बहालवाला नजप्रतिनिधिले समेत आफ्नो पुरानो पार्टी छोडर श्रम संण्स्कृति पार्टीमा आउने जनलहर चलेको थियो।’

 

प्रकाशित : 1 September, 2026

प्रतिक्रिया दिनुहोस्