त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार कार्य जारी
सहयात्रा टिभी
काठमाडौँ । भदौ १६, भोटेकोसी बाढीले क्षति पुगेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा उद्धार कार्य जारी रहेको छ।
मंगलबार बिहानैदेखि उद्धारको प्रयास चलिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सुरुङबाट उद्धारकर्तालाई प्रवेश गराउनका लागि ‘ड्रिलिङ’ भइरहेको छ। यसमा चार वटा एक्जाभेटर प्रयोग गरेर काम भइरहेको छ।
यससँगै विद्युत्गृह निर्माणमा संलग्न विज्ञसँग पनि छलफल गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विज्ञसँग छलफल गरी कार्य योजना बनाएर काम भइरहेको प्राधिकरणको भनाइ छ।
त्यस्तै, ‘गली कटिङ’ गरिएको छ। यसबाट सुरुङभित्र जमेको पानी र लेदो निकाल्न थालिएको छ।

