अविरल वर्षाका कारण दैलेख १, नमूना बस्ती पहिरोको उच्च जोखिममा

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, अविरल वर्षाका कारण दैलेखको नारायण नगरपालिका–१, नमूना बस्ती पहिरोको उच्च जोखिममा छ ।

आइतबार परेको झरीका कारण गए राति बस्तीमा पहिरो जान थाले पछि आठ घर परिवारका ३७ जना सर्वसाधारण विस्थापित भएका छन् ।

पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जन प्रतिनिधिसँग समन्वय गरी पीडितलाई उद्धार गरेको छ ।

विस्थापित ३७ जनालाई सोही वडामा रहेको तरकारी सङ्कलन केन्द्रको भवनमा राखिएको छ । भिरालोमा रहेको ६५ घरधुरीको बादी बस्तीमा एउटा घर पुरिँदा सिङ्गो बस्ती नै जोखिममा पर्ने अवस्था छ । यसअघि पहिरोमापरी रूपा बादी, उहाँकी छोरी सपना र छोरा विष्णुको मृत्यु भइसकेकाले स्थानीयवासी त्रासमा छन् ।

विस्थापित कमला बाढीले पटक–पटक कारागार, भेटेरिनरी र तरकारी सङ्कलन केन्द्रमा आश्रय लिनुपर्ने बाध्यता रहेको भन्दै स्थायी स्थानान्तरण नभएसम्म पुरानो बस्तीमा नफर्किने बताए।

तत्कालको झरीको अवस्थालाई हेरेर दीर्घकालीन व्यवस्था गर्ने कुरा भएको छ। पानी पर्न वित्तिकै वर्षौँदेखिको पहिरोको जोखिम अन्त्य हुने गरी बादी समुदायलाई अन्यत्रै स्थानान्तरण गर्ने कुरा भएको छ ।

उनीहरूको भूमि आयोगबाट निसा भइसकेकाले त्यसलाई छिट्टै प्रक्रियामा लगेर स्थायी व्यवस्थापन गरिनेछ । यसैगरी दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द शारुले स्थानीय तहले छिटो र छरितो रूपमा काम अघि बढाए जग्गा खोजी गरी बादी समुदायको स्थायी व्यवस्थापन गर्न प्रशासन तयार रहेको बताए।

 

 

 

प्रकाशित : 7 September, 2026

प्रतिक्रिया दिनुहोस्