जेन्जी आन्दोलनको एक वर्ष पुरा जेन्जी अगुवाहरूमै निराशा
सहयात्रा टिभी
काठमाडौँ । भदौ २३, तत्कालीन सरकारसँग विभिन्न माग अघि सारेर जेनजी पुस्ताले गरेको आन्दोलनको एक वर्ष पुरा भएको छ ।
आन्दोलनको उठान जेनजी युवाहरूले स्वतःस्फूर्त रूपमा गरे पनि यसलाई विभिन्न पक्षबाट दुरुपयोग गरिँदा अप्रिय रूप लिन पुगेको थियो ।
गत वर्ष भदौ २३ मा काठमाडौंमा भएको आन्दोलनमा १९ जनाको दुखद निधन भयो । त्यसको भोलिपल्ट भदौ २४ मा देशव्यापी विध्वंस मच्चियो ।
जेन्जी आन्दोलनपश्चात् देशको राजनीतिक रूपरेखा परिवर्तन भएको छ । तत्कालीन संसद् विघटन भएर नयाँ निर्वाचन सम्पन्न भई अहिले बालेन्द्र शाह नेतृत्वको सरकारले देश हाँकिरहेको छ ।
यो राजनीतिक उथलपुथलले देशको शासकीय बागडोर युवाहरूको हातमा त गयो, तर तत्कालीन जेन्जी आन्दोलनकारी सन्तुष्ट हुन सकेका छैनन् ।
सत्तापक्षमा समाहित भएका सीमित अभियन्ताबाहेक अन्यले असन्तुष्टिको स्वर नै उरालिरहेका छन् । वर्तमान सरकारको कार्यशैलीप्रति उनीहरूमा असन्तोष बढिरहेको छ ।

