अस्पतालनजिकै सडक पेटीमा बच्चा जन्माउनुपरेको घटनाप्रति तोसिमाको प्रश्न

सहयात्रा टिभी

काठमाडौँ । भदौ २६, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालनजिकै सडक पेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाप्रति प्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले संविधानले स्वास्थ्य तथा सुरक्षित मातृत्वको हक सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवाबीच ठूलो दूरी रहेको बताइन् ।

“सभामुख महोदय, हामी गर्व गर्ने गर्थ्यो( नेपालमा संस्थागत प्रसुति निशुल्क छ । आमा सुरक्षा कार्यक्रम छ । मातृ मृत्युदर घटिरहेको छ । यहाँसम्म कि यातायात प्रोत्साहन खर्च पनि दिइन्छ ।

तर, गजेन्द्र नारायण सिंह अस्पताल, त्यो पनि संघीय सरकारी अस्पतालको नजिकै सडक पेटीमा एउटी आमाले बच्चा जन्माउनु परेको दृष्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ड कार्ड हामी सामु ल्याइदिएको छ । संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौं ।

सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक लेख्यौं । तर, कागजमा लेखिएको निशुल्क सेवा र नागरिकले पाउने व्यवहारिक रुपमा पाउने वास्तविक सेवा यति ठूलो दूरी किन छ रु मेरा केही प्रश्न छन् । प्रष्ट प्रश्न छन् । प्रशव पीडामा महिला जो अस्पताल पुग्छिन् ।

उनको तत्कालै ट्रायाज र इमरेजेन्सी क्लिनिकल असिसमेन्ट सुरु गर्नुपर्छ । त्यो सुरु भयो कि भएन रु मटनल इभ्यालुएनस सुरु गरिनुपर्छ । लेवर पेनमा प्रशव पीडामा भएकी महिलालाई तत्कालै भर्ना गरेर तपाईं कतै नजानुस् है, तपाईंको घर खुली सकेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौं, कहीँ नजानुस्, गाह्रो भयो भने तत्काल हामीलाई खबर गर्नुस् है भन्नु पर्ने थियो । त्यो भनियो कि भनिएन ?”

प्रकाशित : 11 September, 2026

प्रतिक्रिया दिनुहोस्