प्रणाली अब पश्चिम सर्दै ३८ जिल्लामा बाढीको उच्च जोखिम

सहयात्रा टिभी

काठमाडौँ । असोज ९ बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ ।

लगातारको झरीले खोला तथा नदीहरुमा बहाव बढेको छ भने पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ ।

मौसमविदहरुका अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट क्रमशस् पश्चिमतिर सर्दै गएको छ । यससँगै अब पश्चिमतिर वर्षाको मात्रा बढ्ने पूर्वानुमान छ ।

‘भोलि शनिबारको दिन पूर्वी क्षेत्रहरुमा पानीको मात्रा केही कम हुने सम्भावना छ,’ मौसमविद रोजन लामिछानेले भने, ‘पश्चिमी भूभागहरुमा आज रातिदेखि पानी पर्ने क्रम बढ्दै जाने देखिन्छ ।’

त्यसो त गत लुम्बिनी र गण्डकीका जिल्लाहरुमा बुधबारदेखि नै पानी परिरहेको छ । मौसमविदहरुले अब सुदूरपश्चिमसम्मै पानी पर्ने क्रम थप बढ्ने पूर्वानुमान गरेका हुन् ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वी भागका जिल्लाहरुमा पहेँलो रंगले र गण्डकीदेखि पश्चिमतिरका उच्च पहाडी तथा हिमाली भेगका जिल्लाहरुमा रातो रंगले संकेत गरेको छ ।

पहेँलो रंगको अर्थ सतर्क हुँदै मौसमी अवस्थाबारे अध्यावधिक हुनुपर्ने भनिएको हो भने रातो रंगको अर्थ बाढीपहिरोको जोखिम हुने हुँदा प्रतिकार्य गर्नुपर्ने हुनसक्छ भनिएको हो । ३८ जिल्लामा बाढीको उच्च जोखिम

निरन्तरको झरीका कारण मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि आगामी दुई दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कन्चनपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

 

 

प्रकाशित : 25 September, 2026

प्रतिक्रिया दिनुहोस्