बाराको सलेमपुरबाट दुई थान कटुवा पेस्तोलसहित समातिए जयप्रकाश

सहयात्रा टिभी

काठमाडौँ । असोज १३, बाराको सिम्रौनगढ–२ स्थित सलेमपुरबाट हिजो साँझ साँझ सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । अमृतगञ्जका ५० वर्षीय जय प्रकाश कुसवाह पेस्तोलसहित समातिएका हुन् ।

एपीएफ इन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले उनका साथबाट पेस्तोल र ५ राउण्ड गोली फेला पारेको हो ।

नियन्त्रणमा लिइएका उनलाई बरामद पेस्तोल तथा गोलीसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित : 29 September, 2026

प्रतिक्रिया दिनुहोस्