सुक्खा पहिरोले कान्तिलोकपथ अवरुद्ध
सहयात्रा टिभी
काठमाडौँ । असोज १४, सुक्खा पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध बनेको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ ताकुर्चेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । पहिरो पन्छाउनका लागि उपकरण तयारी अवस्थामा रहे पनि सुक्खा पहिरो खस्नेक्रम जारी रहेकोले पन्छाउन समस्या भएको उनले बताए ।
