निलम्बित एआईजी वंशीसँग कनेक्सन देखिएका सापकोटा प्रहरी हिरासतमै
सहयात्रा टिभी
काठमाडौँ । असोज २०, गोप्य र संवेदनशील सूचनाहरू चुहाएको आरोपमा निलम्बन गरेर छानबिन सुरु गरिएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँग कनेक्सन देखिएका बिचौलिया इनम सापकोटा प्रहरी हिरासतमै रहेको खुलेको छ ।

उनी अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेको पाइएको छ । परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले सापकोटा हिरासतमै रहेको पुष्टि गरे ।
उनका अनुसार उनीमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभद्र म्याद लिएर अनुसन्धान गरे पनि उनको कसुर भने अभद्र व्यवहारको नभई सूचनासँग सम्बन्धीत रहेको स्रोतको भनाइ छ ।
संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित भएका थिए ।
