रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे वनस्थली चःमतिस्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, पार्टीको भावी रणनीति, पछिल्ला राजनीतिक घटनाक्रमलगायत साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल हुने जनाइएको छ।
