आज देशभरको मौसम कस्तो रहला ?

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित : 24 November, 2026

प्रतिक्रिया दिनुहोस्