क्षेत्रपाटीमा भिषण आगलागी , क्षतीको विवरण आँउन बाँकी

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१२, काठमाण्डौंको क्षेत्रपाटीमा एक जुत्ता पसलमा आगोलागी भएको छ। काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ मा पर्ने क्षेत्रपाटी ईलाकामा रहेको एक जुत्ता पसलमा आज विहान करिब ९ बजे तिर आगोलागी भएको हो ।

अगो लागेपछि प्रहरी र स्थानीयबासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । काठमाण्डौं प्रहरी परिसरका डीएसपी होमिन्द्र बोगटीका अनुसार घटनाबारे थप विवरण आउना बाँकि रहेको छ।

प्रकाशित : 27 December, 2018

प्रतिक्रिया दिनुहोस्