केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान

सहयात्रा टिभी

बैशाख १०, २०७४ । फ्रान्समा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । निकै कडा सुरक्षाकाबीच फ्रान्समा राष्ट्रपतिय निर्वाचन हुन लागेको हो । बिदेशमा रहेका करिब १० लाख फ्रान्सेली नागरिकले आफनो मताधिकारको प्रयोग गरिसकेका छन । राष्ट्रपतिका लागि ११ जना चुनावी मैदानमा होमिएका छन । ती मध्ये पा“च जनाबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । नेशनल फ्रन्टका मैरिन ल पेन, एन मार्शका इम्यानुल म्याक्रो, दि रिपब्लिकन्सका फ्रान्स्वां फियो, ला फ्रान्स इन्सोमाइजका जां लुक मेलाशो र सोसलिष्ट पार्टीका बेनवा एमोबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । मतदाताको सुरक्षाका लागि ५० हजार प्रहरी र ५ हैजार सेना तैनाथ गरिएको छ । केही दिन अगाडि राजधानी पेरिसको मुख्य सडकमा प्रहरी बसलाइ लक्षित गरी बिष्फोट गराइएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रकाशित : 23 April, 2017

प्रतिक्रिया दिनुहोस्