केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बार्सिलोनाले रियल मेड्रिडलाइ हरायो, मेस्सी चम्किए

सहयात्रा टिभी

बैशाख ११, २०७४ । स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
रियल म्याड्रिडमाथि तीन–दुईको रोमांचक जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । आफ्नो घरेलु मैदानमा २८औं मिनेटमा केसिमोरोको गोलसंगै रियलले अग्रता लियो । त्यसको पांच मिनेटमै लियोनल मेस्सीले गोल गर्दै खेल बराबरी गरे । ७३ औं मिनेटमा इभान रेकिटिकले बार्सिलोनाका लागि गोल थपे । ७७ औं मिनेटमा सर्जियो रामोश रेडकार्ड पाउंदै बाहिरिएपछि रियल दस खेलाडीमा सिमित भयो । ८५औं मिनेटमा जेम्स रोड्रिगुएजले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । त्यसपछि मेस्सीले अतिरिक्त समयमा बार्सिलोनाका तर्फबाट आफ्नो व्यक्तिगत ५सयौं गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित पारे । रियलका क्रिष्टियानो रोनाल्डोले गोल गर्ने दुई अवसर खेर फालेका थिए । ३३ खेलमा ७५ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा रहंदा एक खेल कम खेल्दै ७५ अंक रहेको रियल दोस्रो स्थानमा छ ।।।

प्रकाशित : 24 April, 2017

प्रतिक्रिया दिनुहोस्