शाह र मोदीले गरेस्विच थिचेर पाँच वटा परियोजनाको उद्घाटन

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, भारत भ्रमण रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा बनेका र बन्न लागेका पाँच परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन्।

सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलनमार्फत स्विच थिचेर पाँच वटा परियोजनाको उद्घाटन र शिलान्यास गरिएको हो। प्रधानमन्त्री शाह र मोदीले चार परियोजना शिलान्यास गर्दा एउटाको उद्घाटन गरे।

भारतको धार्चुलाबाट नेपालको दार्चुलालाई जोड्ने मोटरेबल पुल, बनबासा नाकामा एकीकृत जाँच चौकी, झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइन र ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास गरिएको छ।

यस्तै मोतीहारी अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ। उक्त परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमा पेट्रोल र मट्टितेल आउन थालेको छ।

प्रकाशित : 23 November, 2026

प्रतिक्रिया दिनुहोस्