किर्ते गरेको अभियोगमा डिआइजी सिलवालसंग सोधपुछ
सहयात्रा टिभी
बैशाख ११, २०७४ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाइ छानबिनका लागि प्रहरी प्रधान कार्यालय बोलाइएको छ । सरकारी कागजात किर्ते गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले सिलवाललाई सोधपुछका लागि बोलाएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो । डिआइजी सिलवालकासाथ उहा“का कानूनी सल्लाहकार शम्भु थापासंग पनि बयान लिइएको छ । प्रहरी महानिरीक्षकको कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा सिलवाललाई कीर्ते गरेको आरोप लागेपछि सरकारले छानबिन समिति गठन गरेको थियो । यसअघि आईजीपीले बोलाएको बैठकमा समेत सिलवाल अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो ।